नेपालका लागि तमु समाज यूकेले थाल्यो सहयोग संकलन अभियान

SHARE:

लन्डन जेठ ५ । कोरोना भाइरस संक्रमणको दोस्रो लहरसँग जुधिरहेको नेपालका लागि तमु समाज यूकेले सहयोग संकलन अभियान थालेको छ ।

यही १८ मे २०२१ मा बसेको कार्यसमितिको आपतकालीन बैठकको निर्णय अनुसार बुधबारदेखि सहयोग संकलन अभियान थालिएको हो । ‘महामारी पीडित नेपालीहरुलाई तत्काल सहयोग गर्नको लागि आर्थिक संकलन गर्ने निर्णय गरेको जानकारी गराउँदै यस अभियानमा तमु समाज यूकेका सम्पूर्ण सदस्यज्यु साथै बेलायतवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको भूमिका सराहनीय रहनेछ भन्नेमा विश्वस्तछौं,’ समाजको सूचनामा उल्लेख छ ।

देशले भोगेको विपदमा सबैको साथ र सहयोगले थोरै भए पनि मल्हम लगाउन सकिनेमा बिश्वास लिएको भन्दै महासचिव हर्कबहादुर गुरुङले पैसाभन्दा पनि आफ्नु मातृभूमिप्रतिको ऐक्यबद्धता देखाउनु ठूलो कुरा हुने उल्लेख गरेका छन् । उनले अङ्कमा सानो देखिएको सहयोगभित्र विशाल श्रद्धा र शुभेच्छा हुन्छ भन्ने औंल्याउँदै स्वेच्छिक सहयोगको विनम्र अपील गरेका छन् ।

सहयोग रकम तल उल्लेखित खातामा जम्मा गरिदिन पनि अनुरोध गरिएको छ । साथै सहयोग रकम Transfer गर्दा Reference मा COVID-19 लेखिदिन पनि समाजले अनुरोध गरेको छ ।

Barclays bank
Ac name: Tamu Samaj UK
Ac no: 93052087
Sort code: 20-37-16

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!