काठमाडौं जेठ ६ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त हुने राजनीतिक आधार नदेखेकाले मार्ग प्रशस्त गर्दै नयाँ सरकार गठनका लागि आह्वान गर्न अनुरोध गरेकाले प्रतिनिधि सभा सदस्यलाई राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा सदस्यलाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीका लागि आधार प्रस्तुत गर्न समय दिएकी हुन् ।
यसका लागि राष्ट्रपति भण्डारीले जेठ ७ गते बेलुकी पाँच बजेसम्म २१ घण्टाका लागिको समय दिएकी छन् ।






