एनआरएनए यूकेको अध्यक्षका उम्मेदवार रोजिना पिटरबरोमा

SHARE:

लण्डन जेठ ७ । गैरआवासीय नेपाली संघ यूकेकी उपाध्यक्ष रोजिना प्रधान राईले सदस्यता वितरणलाई तिब्रता दिएकी छन् ।

उनले गैरआवसीय नेपाली संघ यूकेको सदस्यता वितरणलाई तीव्रता दिने क्रममा विहीबार पिटरबरोस्थित नेपाली समुदायका अगुवाहरुसंग छलफल गरिन् । छलफलमा सहभागीहरुले संघको सदस्यता वितरण र संघको अभियानका बारेमा उत्साह र चासोका साथ राईसंग अन्तरक्रिया गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै राईले पिटिरबरो नेपाली समाजले गैरआवासीय नेपाली संघको अभियानमा विगतमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताइन् । उनले आगामी दिनमा पनि सोही साथ समर्थन र थप भूमिकाको अपेक्षा रहेको बताइन् । उनले आगामी जुन १० तारिखभित्र गैरआवासीय नेपाली संघ यूकेको सदस्य बनी आगामी जुलाई ३१ तारिखमा हुने निर्वाचनमा आफ्नो प्रतिनिधीसहित सशक्त उम्मेदवारलाई विजयी गराउने अभियानमा सामेल हुन आब्हान गरिन् ।

कार्यक्रममा पिटरबरो नेपाली समाजका पूर्वअध्यक्षहरु महेश अधिकारी, पवन शर्मा, भरत पाण्डे, संस्थाका महासचिव कृष्ण लुईटेल, बरिष्ठ साहित्यकार तथा पत्रकार निर्पेश उप्रेती, रबि आचार्य, प्रेम देवकोटा, घनश्याम पौडेल, सुर्दशन पराजुली, लगायतको उपस्थिती थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!