निषेधाज्ञालाई थप कडा गर्न सरकारको निर्देशन

SHARE:

काठमाडौं जेठ ८ ।

निषेधाज्ञालाई थप कडाइका साथ कार्यान्वयन गराउन ७७ वटै प्रमुख जिल्ला अधिकारी र तीनवटै सुरक्षा अधिकारीलाई सरकारले परिपत्र गरेको छ ।

निषेधाज्ञा उल्लंघन गरेर मानिसहरुलाई सडकमा निस्कन नदिन मन्त्रालयले परिपत्र गरेको हो । गृहसचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी, सशष्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई शनिबार गृह मन्त्रालयमा बोलाएर निषेधाज्ञालाई कडा पार्न निर्देशन दिएका हुन् ।

यस्तै मन्त्रालयले सबै जिल्ला प्रशासनहरुलाई परिपत्र गर्दै कुनै हालतमा पनि सर्वधारणलाई घरबाहिर निस्कन नदिन निर्देशन दिइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले यसैसाता जारी कोभिड संकट व्यवस्थापन अध्यादेशको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयबाट निर्देशन आएको बताए ।

मन्त्रालयले मास्कको प्रयोग, होल्डिङ र कसूरको व्यवस्थालाई कार्यान्वयन गरेर अध्यादेशलाई अघि बढाउन निर्देशन दिएको उनले बताए । मन्त्रालयको निर्देशनपछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडा बनाउने काठमाडौं जिल्ला प्रशासनको योजना रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!