नेपालमा थप ७ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टी, १९३ जनाको मृत्यु

SHARE:

काठमाडौं जेठ ९ ।

पछिल्लो २४ घण्टामा थप ७ हजार ९१४ जनामा कोभिड १९ संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार १८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा ७५९८ जना र ९३१ जनाको एन्टीजेन परीक्षण गर्दा २१६ जना संक्रमित पहिचान भएका हुन्। यस्तै, ७ हजार ६६४ जना संक्रमण मुक्त हुँदा देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ५४७ पुगेको छ।

एकैदिन थप १९३ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा भने आज २ हजार ८२१ जनामा संक्रमण देखिएको छ। काठमाडौंमा १ हजार ७६१, ललतिपुरमा ६९४ र भक्तपुरमा ३६६ जनामा संक्रमण देखिएको हो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!