राष्ट्रपतिद्वारा नागरिकता अध्यादेश जारी

SHARE:

काठमाडौं जेठ ९ ।

नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश जारी भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार नेपाल नागरिकता ९पहिलो संशोधन अध्यादेश जारी गरेकी हुन् । जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको बताइएको छ । हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो ।

मधेसकेन्द्रित दलको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराएका थिए ।यसलाई मधेसवादी दलको ठूलो उपलब्धी मानिएको छ । नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभामा २ वर्षभन्दा अघिदेखि छलफलका क्रममा छ ।

तर सरकारले संसद विघटन गरेपछि अध्यादेशबाट नागरिकता ऐन ल्याएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!