लन्डन जेठ ९ ।

संयुक्त राज्य अधिराज्य बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई जिम्मेवारी थपिएको छ ।
रेग्मीलाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले आयरल्याण्डका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।
यस्तै नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नै राष्ट्रपतिले जर्मनीका लागि नेपाली आवासीय राजदूत रामकाजी खड्कालाई स्लोभाक गणतन्त्रका लागि पनि गैरआवासीय राजदूतमा आइतबार नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन् ।






