ल्होत्सेको चुचुरोमा पुगिन् शर्मिला तामाङ

SHARE:

काठमाडौं जेठ ११ । विश्वका आठ हजार अग्ला १४ हिमाल आरोहण गर्ने अभियानमा रहेकी काभ्रेका शर्मिला तामाङले संसारका चौथो अग्ला हिमाल ल्होत्से आरोहण सम्पन्न गरेकी छन् ।

कोरोना महामारीको दोस्रो लहरसँगै सबै क्षेत्र ठप्प रहेको बेला पनि उनले नेपाली समय अनुसार जेठ ९ गते बिहान ७:३० बजे आरोहण सम्पन्न गरेकी हुन् । उनीसँगै नेपाली महिलाहरु दावा याङजुम शेर्पा र निमा जाङमु शेर्पाले पनि ल्होत्से आरोहण गरेका छन् । उनले वैशाख ३ गते मात्र नेपालको सबै भन्दा जोखिमपूर्ण हिमाल अन्नपूर्ण आरोहण गरेकी थिइन् ।

ल्होत्से आरोहणसँगै सर्वोच्च शिखर सगरमाथासहित आठ हजार माथिका चारवटा हिमाल आरोहण गरिसकेका छन् । अभियानअन्तर्गत अब उनले बाँकी दसवटा हिमाल चढ्नु पर्ने छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!