काठमाडौं जेठ १२ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ७१४ जनामा कोभिड १९ संक्रमण देखिएको छ।
१९ हजार ३० जनाको पीसीआर परीक्षण गर्दा ६ हजार ६७७ जनामा र ३२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, कोभिड १९ संक्रमणका कारण थप १४५ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा ६ हजार ७१६ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ। देशभर हाल सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ७७ रहेको छ। काठमाडौं उपत्यकामा १ हजार ४९३ जनामा संंक्रमण देखिएको छ। भक्तपुरमा १३१ जना, ललितपुरमा २४१ जना र काठमाडौंमा १ हजार १३९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।






