‘इन्डियन भेरियन्ट’देखिन थालेपछि बेलायतमा कोरोना संक्रमण बृद्धि

SHARE:

लन्डन जेठ १३ । ‘इन्डियन भेरियन्ट’देखिन थालेपछि बेलायतमा कोरोना भाइरस संक्रमण बृद्धि हुन थालेको छ ।

विगत केही समययता तीन हजार भन्दा तल रहेको दैनिक संक्रमण दर बुधबार तीन हजार नाघेको‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । उक्त डिपार्टमेन्टका अनुसार बुधबार तीन हजार १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार दुई हजार ४९३ संक्रमित भएका थिए । हालसम्म बेलायतमा संक्रमितको संख्या ४४ लाख ७० हजार २९७ पुगेको छ । पछिल्लो २४ घन्टामा ९ जना संक्रमितको मृत्यु भएको छ । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख २७ हजार ७४८ पुगेको छ ।

यसैबीच बेलायतमा ६ करोड १९ लाख ९५ हजार मात्रा खोप वितरण भइसकेको स्वास्थ्य विभागले जनाएको छ । जसमध्ये तीन करोड ८३ लाख ७८ हजार ५६४ जनाले खोपको पहिलो मात्रा लागेका छन् भने दुई करोड ३६ लाख १६ हजार ४९८ जनाले खोपको दुवै मात्रा लगाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!