संविधान र संसदको रक्षाका लागि जस्तोसुकै जोखिम उठाउन तयार छु : सभामुख सापकोटा

SHARE:

काठमाडौं जेठ १३ ।

प्रतिनिधिसभा विघटनपछि सघन छलफल थालेका सभामुख अग्निप्रसाद सापकोटाले संविधान र संसदको रक्षाका लागि आफू जस्तोसुकै जोखिम उठाउन तयार रहेको बताएका छन् ।

कानुनविदहरुसँगको छलफलपछि उनले संवैधानिक रूपमा जस्तोसुकै कदम चाल्न तयार रहेको बताएका हुन् । संसदलाई प्रभावकारी रुपमा सञ्चालन गरिरहेका बेला एकाएक विघटनले धेरै कुरामा असर पारेको उनले बताए। उनले लोकतन्त्रमा दलको भूमिका सबैभन्दा महत्वपूर्ण हुने भन्दै उनीहरूसँगको छलफलपछि सभामुखको भूमिकामा उठाउन मिल्ने र उठाउन सकिने कदम चाल्ने बताए।

संसद् विघटनले निकै ठूलो मर्माहत पारेको भन्दै उनले राष्ट्रपति र प्रधानमन्त्री जन्माउने संसदमाथि अवमूल्यन भएको बताए। राष्ट्रिय रुपमा पनि अब हामीले सोच्नुपर्ने बेला आएको भन्दै सभामुखले अब सबै दत्तचित्त भएर लाग्नुपर्ने बताए। जनताको सर्वोच्च संस्था भनेकै प्रतिनिधिसभा भएकाले यसको अवमूल्यन गर्ने कुरा कदापी स्वीकार्य नहुने उनले बताए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!