एनआरएन यूकेको उपाध्यक्ष पदमा उम्मेदवारी दिँदै भक्त दर्जी

SHARE:

मनसुधन थापामगर
बेलायत जेठ १३ । समाजसेवी तथा व्यवसायी भक्त दर्जीले गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको आगामी निर्वाचनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन् ।

जुलाई ३१ का लागि निर्धारण गरिएको एनआरएन युकेको निर्वाचन मिति नजिकिँदै गर्दा उनले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका हुन् । ब्रिटिस आर्मी QOGLR मा २२ वर्ष टेलर मास्टर को रुपमा कार्यरत पछि अवकाश प्राप्त भक्त दर्जी अहिले व्यवसायसँगै विभिन्न संघसंस्थामा सक्रिय छन् ।

सिर्जनशील समाज बेलायतको अध्यक्ष भक्त दर्जी यो भन्दा अघिल्लो कार्यकाल समेत सोही संस्थाको अध्यक्ष पदमा नै रहेर आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका थिए । यसैगरी स्याङ्जा समाज यूकेको उपाध्यक्ष समेत रहेको भक्त दर्जी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान यूके शाखाको सल्लाहकारसमेत हुन् ।

स्याङ्जा जिल्ला चापाकोट नगरपालिका ज्याग्दिखोलामा जन्मिएका उनी हाल बेलायतको अल्डरसटमा बस्दै आएका छन् । नेपालीहरूको बाक्लो बस्ती रहेको अल्डरसटको टाउनमा रहेको टेलर फर युका सञ्चालक हुन् । आफ्नो पसलबाट १०/१२ जना नेपालीलाई रोजगार दिन पाउँदा आफूलाई खुसी लागेको उनी सुनाउँछन् ।

यतिमात्र नभएर पछिल्लो समयमा स्वदेशमा पनि लगानी बढाउनुपर्छ भन्ने उद्देश्यले काठमाडौंको झोरमा भक्त कृषि एण्ड पोल्ट्री फार्म समेत सञ्चालन गर्दै आएका छन् ।

बेलायतकै नेपाली समुदायमा सबैभन्दा बढी कार्यक्रम हुने स्थान अल्डरसट रहेको र विभिन्न संघसंस्थाको च्यारिटी र कार्यक्रमको लागि आफ्नो पसलमा स्पोन्सरको लागि भनेर आउने कसैलाई पनि खाली हात पठाउन नपरेको कुरा खुसी हुँदै बताउने उनी एनआरएन युकेको उपाध्यक्ष पदका लागि सहयोग पाउने कुरामा आफु विश्वस्त रहेको बताउँछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!