आफूले गरेको मध्यावधि चुनावको घोषणा वैधानिक रहेको प्रधानमन्त्री ओलीको दावी

SHARE:

काठमाडौं जेठ १४ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन भव्यताका साथ सफल पार्नका लागि सवै दललाई सरकारमा सहभागि हुन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दे ताजा जनादेशमा जानु कुनै प्रतिगमन नुहने भन्दै आफूले गरेको मध्यावधि चुनावको घोषणा वैधानिक रहेको दावी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले देशलाई चाँडोभन्दा चाँडो राजनीतिक निकास दिनका लागि निर्वाचनमा जानुको विकल्प नभएको तर्क गरेका हुन् । उनले पार्टी एकताका लागि अझै पनि कसर जारी रहेको भन्दै पार्टी एकताबाट आफूहरु पलायन नभएको समेत तर्क गरेका हुन् ।

प्रधानमन्त्रीले आफू सबैखाले अपमान र पीडा व्यहोरेर पनि पार्टी एकताका लागि प्रयत्नशील रहेको बताए ।उनले कहिले पार्टीका उम्मेदवार हराउन विपक्षीसँग साँठगाठ गर्ने, कहिले संसदमा अनपस्थित भएर आफ्नै पार्टीको सरकारलाई अप्ठेरोमा पार्ने काम आफ्नै पार्टीबाट भएको समेत औल्याएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!