बेलायत निवासी सुधाको अगुवाइमा नेपाललाई कोरोना राहत स्वरुप १८ लाख सहयोग

SHARE:

लण्डन जेठ १४ ।

बेलायतको बेजिङस्टोक निवासी सामाजिक अभियन्ता एवम दक्षिण गोलार्द्धीय मर्यादित महिनावारी संजाल यूके च्याप्टर संयोजक सुधा गुरुङको सकृयतामा कोरोना राहत स्वरुप १८ लाख २५ हजार ४४३ रुपैयाँ नेपाल पठाइएको छ ।

राधा पौडेल फाउन्डेशनकी संस्थापक अध्यक्ष राधा पौडेलले कोरोना राहतका लागि देश बिदेशमा भएका नेपालीसंग सहयोग आह्वान गरे अनुरुप सुधाले संकलन अभियान शुरु गरेकी थिइन् । संकलित रकममध्ये रु १४ लाख ३३ हजार ५ सय पैतीस बिएफबिएस गोर्खा रेडियोका स्टेशन म्यानेजर बिनोदध्वज खड्काले सुधा गुरुङको अनुरोधमा फाउन्डेशनकी अध्यक्ष पौडेललाई हस्तान्तरण गरेका छन्।

त्यस्तै गुरुङको अभियानमा बेलायत बाथस्थित याक यती याक फाउन्डेशनले रु तीन लाख उनन्तीस हजार बीस प्रदान गरेको थियो भने फाउन्डेशनको नेपालस्थित खातामा रु ६२ हजार ८ सय ८८ जम्मा गरी कुल १८ लाख २५ हजार ४४३ रुपैयाँ सहयोग गरिएको हो। गुरुङको अभियानलाई सदा झैं ब्यक्तिगत सहयोग गर्नेको जमात ठुलो थियो भने यस पटक केही संस्थाहरु याक यती याक फाउन्डेशन, सहारा यूकेका संस्थापक नवीन गुरुङको संयोजकत्वमा सपोर्ट नेपाल यूके टिम, एशिएन महिला एशोसिएशन र बेजिङस्टोक साई समितिले पनि सहयोग गरेको सुधाले बताइन् ।

उनको यस अभियानमा बेलायतसहित नेपाल, भारत, ब्रुनाई र हङकङबाट समेत हातेमालो भएको थियो । आफ्नो अगुवाईमा हालसम्म स्वदेशका विविध संघसस्था र आपतबिपत परेका ब्यक्तिलाई एक करोड भन्दा बढि सहयोग संकलन गरी पठाइ सकिएको गुरुङले बताइन् । राधा पौडेल फाउन्डेशनले अग्रीम भुक्तानी गरी मगाएको २० वटा अक्सिजन कन्सन्ट्रेटर, १०० पल्स अक्सीमिटर, १०० पिपिइ, १००० फेस सिल्ड, ९२० महिनावारी प्याड, ५००० मास्क लगायतका सामग्री गत साता नै आवश्यक स्थानहरुमा हस्तान्तरण भइसकेको छ।

जसमा नगर कोभिड अस्पताल सुर्खेत, भेरी अस्पताल नेपालगंज, मादी अस्पताल चितवन, परासी अस्पताल पश्चिम, गजुरी पब्लिक हेल्थ सेन्टर, गजुरी, नारायणी सब रिजनल अस्पताल बीरगंज, जौबारी पब्लिक हेल्थ सेन्टर गोर्खा, आंपपीपल अस्पताल गोर्खा र अन्य केहि स्थान छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!