संसद विघटन विरुद्धको मुद्दा मंगलवारका लागि हेर्दाहेर्दैमा

SHARE:

काठमाडौं जेठ १६ ।

प्रतिनिधि सभा विघटनविरुद्धका मुद्दामा सर्वोच्च अदालतमा आइतबार पनि सुनुवाइ भएको छ।

आइतबार अधिकांश समय न्यायाधीशका विषयमा खर्चिएपछि सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ। सर्वोच्चका संचारविज्ञ किशोर पौडेलकाअनुसार अब मंगलबार मात्र सुनुवाइ हुने भएको छ। यसअघि सोमबारका लागि सुनुवाई हेर्दाहेर्दैमा राखिएको जानकारी दिइएको भएपनि सोमबार न्यायाधीशहरू बमकुमार श्रेष्ठ र र तेजबहादुर केसीबारे निर्णय लिइने भएपछि मंगलबारका लागि सुनुवाइ सरेको पौडेलले जानकारी दिए।

यसअघि रिट निवेदक पक्षका कानुन व्यवसायीहरूले न्यायाधीशद्वय श्रेष्ठ र केसीले विवादित फैसला गरेकाले संवैधानिक इजलासका लागि योग्य नभएको भन्दै आपत्ति जनाएका थिए। कानुन व्यवसायीहरु गोविन्द बन्दी, माधवप्रसाद यादव, रमण श्रेष्ठ, टीकाराम भट्टराई, बद्रीबहादुर कार्की, शम्भु थापालगायतले न्यायाधीशहरू बमकुमार श्रेष्ठ र तेजबहादुर केसीको संवैधानिक इजलासमा सहभागिताबारे प्रश्न उठाएका थिए।

न्यायाधीश को राख्ने नराख्ने भन्ने विषयमा विवाद हुँदा करिब एक घन्टा समय बितिसकेको थियो। फागुन २३ गते नेकपालाई एमाले र माओवादीकै अवस्थामा फर्काउने फैसला दिने न्यायाधीश श्रेष्ठ र उक्त फैसलामा पुनरावलोकन नदिने न्यायाधीश केसीको इजलासमा सहभागिता हुन नहुने तर्क कानुन व्यवसायीको थियो।

संसद् पुर्नस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी पाँच दलले सर्वोच्चमा रिट दायर गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!