लन्डन जेठ १८ ।नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयलाई बेलायतबाट नेपाललाई कोभिड-१९ विरुद्धको खोप सहायता उपलब्ध गराउन अनुरोध गरेकी छन् ।
राष्ट्रपति भण्डारीले रानीलाई अनुरोधसहित लेखेको पत्र संयुक्त अधिराज्यको विदेश मन्त्रालयमार्फत ३० मेमा प्रेषित गरिएको नेपाली राजदूतावासले आइतबार जनाएको छ ।
बेलायतले गत साता नेपाल सरकारको अनुरोधबमोजिम २६० वटा भेन्टिलेटर, भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा १९ हजार २०० फेस सिल्ड सहयोगस्वरुप नेपाल सरकारलाई उपलब्ध गराएको थियो ।
प्रेस विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयलाई संयुक्त अधिराज्य सरकारबाट नेपाललाई कोभिड-19 विरुद्धको खोप सहायता उपलब्ध गराउन अनुरोध गर्दै लेख्नुभएको पत्र संयुक्त अधिराज्यको Foreign, Commonwealth and Development Office मार्फत् आज प्रेषित गरिएको व्यहोरा जानकारीको लागि अनुरोध गरिन्छ।






