एनआरएनए यूकेको उपाध्यक्ष पदमा उम्मेदवारी दिने युवा अभियन्ता राजन खकुरालको घोषणा

SHARE:

लन्डन जेठ १६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी जुलाई ३१ मा तय भएको निर्वाचनका लागि युवा अभियन्ता राजन खकुरालले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।

एनआरएनए अभियानका अग्रज, सहकर्मी र शुभेच्छुक सबैको सुझावलाई मनन् गर्दै उपाध्यक्षको जिम्मेवारीका लागि अघि बढ्ने निष्कर्षमा पुगेको खकुरालले जानकारी दिएका हुन् । ‘विगतमा कार्यसमितिभित्र रहँदा मात्रै नभइ बाहिरबाट पनि मैले आफूलाई यो अभियानमा उत्तिकै सक्रिय राख्ने कोशिश् गर्दै आएं । यसपटक भित्रै बसेर आफूले सक्दो योगदान गर्ने अठोटसहित आएको छु ।सबैको साथ र हौसला अपेक्षा राखेको छु’, उनले भने ।

एनआरएनए यूकेमा हाल सल्लाहकार रहेका खकुरालले विगतमा योगकुमार फगामी नेतृत्वको कार्यसमितिमा सदस्यका रुपमा काम गरेका थिए । कार्यसमितिमा रहँदा संस्थाका हरेक अभियान र प्रोजेक्टमा सक्रियतापूर्वक खटिएका उनले संस्थाको च्यारिटी दर्ताको लागि आवश्यक कोष संकलनको संयोजनसमेत गरेका थिए । सोही अभियानमा उनले देखाएको कुशल संयोजनकारी भूमिकाले एनआरएनए यूके वृत्तमा उनलाई सक्षम पात्रका रुपमा धेरैले ‘नोटिस’ गरेका थिए ।

उपाध्यक्ष उम्मेदवारको रुपमा अघि बढेका खकुरालले धेरै महत्वाकांक्षी योजनाहरु बनाएका छैनन्, न त चुनावको मुखमा पूरा गर्न असम्भव ‘बिकाउ’ एजेन्डाहरु नै बाँड्ने मनसायमा छन् । ‘ठूला-ठूला कुरा गर्ने तर काम देखाउन नसक्ने प्रवृत्ति हाम्रो पुरानो समस्या हो । जसबाट हाम्रै एनआरएनए यूके पनि अछुतो छैन’, खकुराल भन्छन्, ‘संस्थाको पद त केवल प्लेटफर्म हो । त्यसैलाई उपयोग गरेर जति सकिन्छ, कामै गरेर देखाउने हो ।’

खकुराल यसअघि एनआरएनए युवा संयोजक र आइसीसी सदस्यका पदमा पनि चुनावी मैदानमा उत्रिएका थिए । एनआरएनए आइसीसीमा समेत आफ्नो पहुँच बनाउन सफल उनी आइसीसीको कोष परिचालन विभागमा सचिव छन् । अप्रिल २०२० मा उनकै संयोजनमा धादिङबेसीस्थित जिल्ला अस्पताललाई आइसीसीमार्फत् करिब ४ लाख बराबरको स्वास्थ्य सुरक्षा सामग्री सहयोग प्रदान गरिएको थियो ।

कलिलै उमेरमा सक्रिय सामाजिक अभियन्ताको छवि बनाएका उनले अन्य कयौं संघसंस्थामा पनि महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् । अन्तरराष्ट्रिय धादिङ समाजका प्रवक्ता खकुरेल बुद्ध फाउन्डेशन यूकेमा कोषाध्यक्ष र नेप्लिज् युथ एशोसिएसन यूकेमा उपाध्यक्ष छन् । खकुरालले संस्थागत र व्यक्तिगत रुपमा समेत थुप्रै च्यारिटी प्रोजेक्टहरु सफलतापूर्वक लिड गरेका छन् ।

सन् २०१५ मा ब्लड क्यान्सरपीडित हेमन्तकुमारी थापालाई साढे दुई लाख उपचार खर्च जुटाइदिएका उनले सन् २०१५ मा महाभूकम्पको बेला बेलायतबाट डेढ लाख सहयोग पठाउन सहसंयोजकको भूमिका खेलेका थिए । खकुरालले सन् २०१६ स्पाइनल कर्ड इन्जुरीको उपचारका लागि रमेश मिजारलाई डेढ लाख सहयोग जुटाउने कार्यको पनि संयोजन गरेका थिए ।

स्थापना कालदेखि बुद्ध फाउन्डेशन यूकेका कोषाध्यक्ष रहेका खकुरालको अग्रिम भूमिकामा निर्माणाधिन कपिलवस्तु वृद्दाश्रमको लागि बुद्ध फाउन्डेशनले २०१७ यता करिब ३० हजार पाउन्ड सहयोग नेपाल पठाएको छ ।

लन्डनको विश्वप्रसिद्ध लर्डस् रंगशालामा नेपाल र एमसीसीबीच भएको ऐतिहासिक क्रिकेट प्रतियोगितामा खकुरालले टिकेटिङ कोअर्डिनेटिङको भूमिका निर्वाह गरेका थिए । त्यस्तै लर्डस् खेलमैदानमै भएको नेपाल, नेदरल्याण्ड र एमसीसी बीचको त्रिकोणात्मक क्रिकेट प्रतियोगितमा पनि राजन खकुरालको भूमिका कम रहेन ।

धादिङ घर भएका खकुराल २०१० मा बेलायत आउनुअघि काठमाडौं विश्वविधालयबाट ‘जेनेरल मेडिसिन’ पूरा गरेका थिए । अहिले उनी बेलायतको फार्मेसी तथा हेल्थ एन्ड ब्यूटी रिटेलर कम्पनी ’बुट्स’ मा फार्मेसी असिस्टेन्ट म्यानेजरका रुपमा कार्यरत छन् । आफ्नो पेशा, समाजसेवाका अलावा उनी विभिन्न व्यापार-व्यवसायमा पनि संलग्न छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!