नेपाल सरकारले ल्याएको बजेट जनमुखी : प्रवासी एकता मञ्‍च

SHARE:

लिलामान शेरपुन्जा
लन्डन जेठ १६ । नेपालका अर्थमन्त्री विष्णु पौडेलले शनिबार अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रवासी एकता मञ्‍च सम्बद्ध नेताहरुले जनमुखी रहेको बताएका छन् ।

प्रवासी नेपाली एकता मञ्‍च बेलायतले आइतबार ३० मे २०२१ का दिन जुममार्फत आयोजना गरेको एक अन्तर्क्रिया कार्यक्रममा उक्त भनाइ व्यक भएका हुन् । कार्यक्रमका प्रमुख अतिथि एवं अर्थमन्त्रीका सल्लाहकार अर्थविद डा रमेश पौडेल, बेलायतमा अध्ययनरत अतिथि डा मुकुन्द बास्तोला र डा रामजी पौडेल, डा एकनारायण पौड्यालले अर्थमन्त्री पौडेलबाट विनियोजित बजेट भाषणकाबारे विश्लेषण गरेका थिए ।

कोभिड १९ को महामारी र देशमा भएको राजनैतिक अनिश्चितता रहेको बेला ल्याइएको बजेटमा विभिन्‍न कानुन प्रश्न उठिरहेको छ । तर जनमुखी बजेटले सरकारको थप गरिमा बढेको कुरा सहभागीहरुले बताएका थिए ।

प्रवासी नेपाली एकता मञ्‍चका अन्तर्राष्ट्रिय कमिटीका अध्यक्षसमेत रहेका भक्त गुरुङको अध्यक्षतामा भएको अन्तर्क्रियालाई वरिष्ठ उपाध्यक्ष विनोद ज्ञवालीले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रम संयोजक एवं सञ्‍चालक बालकृष्ण भुसालले संचालन गरेको अन्तक्रिया कार्यक्रमम न्यूजिल्यान्डका अध्यक्ष डा भगवान यादव, रसियाका अध्यक्ष डा विमला भण्डारी, अस्ट्रेलिया एनआरएनए अध्यक्ष विनोद चौलागाई, टर्कीका अध्यक्ष उज्ज्वल घिसिङ, साउदीका याम बमजन, यूरोपका मुक्त गुरुङ लगायतको सहभागिता थियो ।

जुम कार्यक्रमलाई टेक्निकल व्यवस्थापनका लागि उपमहासचिव यादव श्रेष्ठ खटिएका थिए । जुम भेलामा संस्थापक अध्यक्ष आङ्कलजंग लामा, पूर्वअध्यक्ष दिनेश घिमिरे, पूर्वअध्यक्ष एवं एनआरएनए अभियन्ता रामशरण सिंखडा, कार्यसमितिका पदाधिकारीहरु, शाखा समितिका पदाधिकारी लगायत सबै शुभचिन्तकहरुको उपस्थिति थियो ।

बिहान ११:३० बजेबाट सुरु भएको अन्तर्क्रिया दिउँसो ३ बजेसम्म भएको थियो । अन्तर्क्रियामा उठेको सबै प्रश्‍नहरुको उत्तर अतिथि र संस्थाका अध्यक्ष भक्त गुरुङले दिएका थिए ।

कार्यक्रममा सहभागी हुन आयरल्यान्ड प्रवासका अध्यक्ष जंग अधिकारी र जर्मनका अध्यक्ष चन्द्रकान्त आचार्यको उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!