लन्डन जेठ १७ । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतको ३१ जुलाइमा हुने निर्वाचनका लागि पर्वत दुर्लुङका बिशाल गुरुङ ‘विकास (Rock)’ सचिव पदमा उम्मेदवार दिने घोषणा गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत गुरुङले एनआरएनए यूकेको २०२१-२०२३ कार्यकालको लागि सचिव पदमा उम्मेदवारी दिने घोषणा घोषणा गरेका हुन् । उनी अहिले तमु धिं लन्डन इकाईका महासचिव छन् ।
‘गैर आवासीय संघ बेलायतको यही आऊँदो 31st जुलाईमा हुन गहिरहेको निर्वाचनमा 2021-2023 कार्यकालको लागि सचिव पदको लागि मेरो ऊम्मेदवारी दिने घोषणा यहॉंहरु माझ जानकारी गराऊँन चाहन्छु,’ उनको स्टाटस्मा लेखिएको छ ।
उम्मेदवारी घोषणासँगै विकासले “हामी सबैको NRNA राम्रो र स्वच्छ NRNA” स्लोगनसहित आफ्नो प्रतिबद्धता जनाउँदै बेलायतवासी नेपाली बाबा आमा, दाजुभाइ तथा दिदीबहिनीहरुमा आफूलाई भोट गरी सहयोग गरिदिनु अनुरोध गरेका छन् । साथै एनआरएनए यूकेको सदस्य बनिदिन पनि उनको आग्रह छ ।






