जसपाको ठाकुर पक्ष सरकारमा सहभागी हुने

SHARE:

काठमाडौं जेठ १७ ।

जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकारमा सहभागी हुने विषय टुंगिएको हो । वार्तामा सहभागी जसपा नेता लक्ष्मणलाल कर्णले सरकारमा जाने सहमति भएको बताए । अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्णसहितका नेताहरू प्रधानमन्त्री ओलीलाई भेट्न बिहान १० बजे बालुवाटार पुगेका थिए । कर्णका अनुसार दुई बजेसम्म चलेको बैठकमा सरकारमा सहभागिता र मुद्दा टुंग्याउने विषयमा छलफल भएको थियो ।

मुद्दा फिर्ता र सरकारमा सहभागिताका विषयमा वार्तामा छलफल भएको कर्णले बताए । आठ मन्त्री र दुई राज्यमन्त्री बनाउने ओली र जसपाको ठाकुर समूहबीच सहमति भएको छ । तर, पार्टीभित्र विवाद भएकाले कहिले शपथ गर्ने भन्‍ने नटुंगिएको कर्णले बताए । विवादका कारण नेताहरू क(कसलाई सरकारमा पठाउने भन्‍ने विषय नटुंगिएको एक नेताले बताए । सरकारमा पार्टीको नेतृत्व महतोले गरेर जाने कि, शरतसिंह भण्डारीले गरेर जाने भन्‍नेमा पनि विवाद छ ।

सरकारमा सहभागिताका विषयमा जसपामा विवाद कायमै छ । संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूह ओली नेतृत्वको सरकारलाई हटाउने हस्ताक्षर अभियानमा लागेको छ भने अध्यक्ष ठाकुर समूह भने ओलीसँग मिलेर आफ्ना मुद्दा सल्टाउने र सरकारमा सहभागी हुने दाउमा छ ।

यता, एमालेको भने सरकारमा सहभागिताको विषय टुंगिएको र सकभर भोलिसम्मै शपथ हुने अपेक्षा छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!