युवा व्यवसायी चन्दन गुरुङ को एनआरएन यूकेको युवा संयोजकमा उम्मेद्वारी दिने घोषणा

SHARE:

पर्वत, अर्थर डाँडाखर्क घर भै अल्डरसट बेलायतमा १ दशक देखि बस्दै आएका युवाहरू बिच लोक प्रिय युवा व्यवसायी  चन्दन गुरुंग एनआरएनए युकेको आगमी २०२१-२०२३को कार्यसमितीमा युवा संयोजक मा उम्मेदवारी मा घोषणा गरेका छन। अल्डरसट भलिबल संघका संस्थापक हुदै युवा हरू बिच लोक प्रिय बन्दै सामाजिक कार्यमा निरन्तर लागी परिरहेका छन्।कोभिड-१९ को राहत बितरण देखी भ्याक्सिन लगाउने कार्यक्रममा सक्रिय हुदै अग्रपंक्ति मै उभिएर स्वयसेवक भएर काम गरे। पर्वत वेलफेयर सोसाईटीको कार्यसमिती सदस्य हुन चन्दन गुरुङ । तपाईको युथ संयोजक मै किन उम्मेदवारी भन्दा चन्दन भन्छन युवाहरूको आवाज नै मेरो आवाज हो अहिले समाज परिवर्तन गर्ने नै युवाहरू हो । धेरै युवाहरूको साथ छ मलाई त्यती मात्रै नभैकन धेरै अग्रजहरूको साथ सहयोग र समर्थन पाएर नै म अगाडी बढेको छु।

एनआरएनए युके ईगल्याण्ड राज्य समन्वय परिषदमा हाल सहकोषाध्यक्ष भएर काम गर्दै गर्दा मैले एनआरएनए भित्र देखी झन बुझने मौका पाए त्यसैले झन एनआरएनए मा लागेर अझ समाजसेवा गर्न मन लागेर नै मेरो युवा संयोजकमा मेरो उम्मेदवारी हो। चन्दन गुरूंग एक सफल युवा ब्यवसायी पनि हुन ।अल्डरसटमा पानस रेष्टुरेण्ट चलाऊॅदै आएका चन्दन समय निकाल्दै खेलकुद र समाजसेवा तल्लिन छन। चन्दन भन्छन समाजका अग्रजहरु र युवाहरुको साथ सहयोग मा यहॅा सम्म आईपुगेको छु। अझै हजुरहरुको साथ सहयोग र समर्थनको आशा लिदै एनआरएनए युकेको आगमी निर्वाचनको मैदानमा उत्रिएको ले यहॅाहरु सबै ले एनआरएनए को सदस्यता लिईदिनु भै मलाई भोट हाली बिजयी गराईदिनु हुन बिनम्र अनुरोध गरेका छन

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!