लन्डन । यही जुन महिनाको ६ तारिख नेपाल आदिबासी जनजाति पत्रकार महासंघ युके (फोनिज युके) द्दारा जुम भर्चुअलको माध्यमबाट पत्रकारिता तालिम (workshop) कार्यक्रम आयोजना गर्ने भएको छ ।
बेलायतमा रहेका आदिवासी जनजातिका पत्रकारहरुलाई समसामयिक विषय बस्तुमा सशक्त रुपमा सत्य र तथ्य समाचार लेखन र अन्तर्वार्तामा तालिम ब्यबस्थापन, समाज र देशको लागि सूचना प्रवाह गरी सेवा दिनको लागि यो पत्रकारिताको तालिम आयोजना गरिएको छ ।
बिगतका बर्षमा जस्तै यो बर्ष पनि कुनै हलको ब्यबस्था गरेर नै प्रत्यक्ष रुपमा दक्ष तथा अनुभवी पत्रकारहरुबाट तालिमको ब्यबस्था गर्ने निर्णय भएको थियो तर सरकारको निर्देशन अनुसार र अझै पनि कोरोना महामारीको प्रकोपकै कारणले भर्चुअल रुपमा तालिम गरिने भएको छ।
नेपालबाट डण्ड गुरुङ,दिपक श्रेष्ठ,खिम घले र गणेश राईको उपस्तिथि रहने छ र क्रमश: टेलिभिजन पत्रकारिता अनि नेपाल पत्रकार (महासंघको २६औं महाधिवेशन र आदिवासी जनजाति पत्रकारको नेतृत्व, पत्रकारितामा अन्तर्वार्ता, समाचार लेखन अनि पत्रकारितामा आदिवासी जनजातिको सवाल र मातृभाषा पत्रकारिताको) अवस्थाको बारेमा बृहत तालिम हुनेछ।
६ जुन आइतबारको दिन बेलायतको समय बिहान १० बजे र नेपालको समय २/४५ बजे वोर्कशप शुरु हुनेछ । यो वर्कसपमा सबै फोनिजका सदस्यहरू उपस्थित भइ तालिम लिन हुन आह्वान गरिएको छ ।






