आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) द्वारा पत्रकारिताको तालिम

SHARE:

लन्डन – यहि आउँदो जुन महिनाको ६ तारिख नेपाल आदिबासी जनजाति पत्रकार महासंघ युके ( फोनिज युके ) द्दारा जुम भर्चुअलको माध्यमबाट पत्रकारिता तालिम ( workshop ) कार्यक्रम आयोजना गर्ने भएको छ ।

बेलायतमा रहनु भएका आदिवासी जनजातिका पत्रकारहरुलाइ समसामयिक विषय बस्तुमा सशक्त रुपमा सत्य र तथ्य समाचार लेखन र अन्तर्वार्तामा तालिम ब्यबस्थापन, समाज र देशको लागि सूचना प्रवाह गरि सेवा दिनको लागि यो पत्रकारिताको तालिम आयोजना गरिएको हो ।

बिगतका बर्षमा जस्तै यो बर्ष पनि कुनै हलको ब्यबस्था गरेर नै प्रत्यक्ष रुपमा दक्ष तथा अनुभवी पत्रकारहरुबाट तालिमको ब्यबस्था गर्ने निर्णय भएको थियो तर सरकारको निर्देशन अनुसार र अझै पनि कोरोना महामारीको प्रकोपकै कारणले भर्चुअल रुपमा तालिम गरिने भएको छ। नेपालबाट दण्ड गुरुङ,दिपक श्रेष्ठ, खिम घले र गणेश राईको उपस्तिथि रहने छ र क्रमश: टेलिभिजन पत्रकारिता अनि नेपाल पत्रकार (महासंघको २६औं महाधिवेशन र आदिवासी जनजाति पत्रकारको नेतृत्व, पत्रकारितामा अन्तर्वार्ता, समाचार लेखन अनि पत्रकारितामा आदिवासी जनजातिको सवाल र मातृभाषा पत्रकारिताको अवस्थाको बारेमा बृहत तालिम हुने भएको छ।

६ जुन आइतबारको दिन बेलायतको समय बिहान १० बजे र नेपालको समय २:४५ बजे वोर्कशप शुरु हुनेछ। यो वर्कसपमा सम्पूर्ण फोनिजका पुर्ब अध्यक्षज्युहरु, सल्लाहकारज्युहरु, कार्यसमितिका पदाधिकारिज्युहरु तथा सदस्यज्युहरुलाई उपस्थितिको लागि अनुरोध गरिएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!