वरिष्ठ संस्कृतिकर्मी मेनकाजी गुरुङको निधन

SHARE:

पोखरा जेठ १८ । वरिष्ठ लोक संस्कृतिकर्मी मेनकाजी गुरुङको निधन भएको छ ।

तमु धिं नेपालका सहसचिव, सांस्कृतिक संयोजक, हिमाली सांस्कृतिक परिवारका अध्यक्ष, वरिष्ठ संस्कृतिकर्मी, समाजसेवी गुरुङको सोमबार राति उपचारको क्रममा फिस्टेल हस्पिटलमा सधैंका लागि बिदा भएका हुन् ।

कोरोना संक्रमणका कारण १५ दिन मेडी प्लस अस्पतालमा उपचारपश्चात कोरोनालाई पराजित गरेर घर फर्केको भोलि पल्ट नै धर्मपत्नी मीरा गुरुङको कोरोनाका कारण फिस्टेल हस्पिटलमै निधनले अत्यन्तै स्तब्ध बनाएको थियो ।

तीन दिन अघि मात्रै रक्तचापको समस्याका कारण फिस्टेल हस्पिटलमा सघन उपचार कक्षामा उपचाररत अवस्थामा सोमबार राति निधन भएको हो ।
कास्की सिक्लेस गाउँ भई पोखरा १५ नयाँगाउँ निवासी गुरुङ ४ दशक अघिदेखि लोकसंस्कृति क्षेत्र र साढे ३ दशक अघिदेखि शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका थिए । उनका १ छोरा र १ छोरी अष्ट्रेलियामा अध्ययनरत छन् ।

उनलाई केही वर्ष अघिदेखि मुटुको समस्या थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!