विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन

SHARE:

काठमाडौं जेठ १८ ।

विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ ।

उनको उपचारका क्रममा मंगलबार निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले जनाएका छन्। सोमबार थापाको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो। रिपोर्ट नेगेटिभ आए पनि भाइरसले शरीरमा दीर्घकालीन क्षति गरेकोले स्वास्थ्य अवस्थामा सुधार आउन नसकेको अस्पतालले जनाएको थियो। थापालाई दुई हप्ताअघि कोरोना संक्रमण भएको थियो।

थापाको एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन इसीएमओ प्रविधिबाट पनि उपचार गरिएको थियो। यसअघि थापाको ह्याम्स र ग्रान्डी अस्पतालमा उपचार भएको थियो। स्वास्थ्यमा सुधार नआएपछि थप उपचारको लागि ललितपुरपस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।

४४ वर्षका थापाले लामो समयदेखि शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने माग उठाउँदै आएका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!