‘अक्सिजन पठाऔं नेपालीको ज्यान बचाऔं’ अभियानमा तमु प्ये ल्हु संघ यूकेको १ हजार ७३२ पाउन्ड

SHARE:

लन्डन जेठ १९ । तमु प्ये ल्हु संघ यूकेले ‘अक्सिजन पठाऔं नेपालीको ज्यान बचाऔं’ अभियानमा १ हजार ७३२ पाउन्ड हस्तान्तरण गरेको छ ।

अध्यक्ष रनबहादुर गुरुङले १ हजार ७ सय ३२ पाउन्ड अभियानको नेतृत्वदायी संस्था एनआरएनए यूकेको आधिकारिक बैंक खातामा तमु प्ये ल्हु संघ यूकेका कोषाध्यक्ष याम गुरुङले जम्मा गरेको जानकारी दिएका हुन् ।

एनआरएनए बेलायतले कोभिड महामारीले समस्यामा परेको नेपाल र नेपालीलाई सहयोग गर्ने अभियान सञ्‍चालनका लागि मे १५ तारिखका दिन राखेको बैठकमा तमु प्ये ल्हु संघका अध्यक्ष रणबहादुर गुरुङले ७ सय पाउन्डको कबोल गरेका थिए । आफ्नो सदस्यहरुबाट कबोल रकमभन्दा डबल रकम जम्मा गरी हस्तान्तरण गरिएको जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!