नागरिकता अध्यादेशबिरुद्ध परेका रिटको सुनुवाइ हेर्दाहेर्दैमा

SHARE:

काठमाडौं जेठ २१ ।

सरकारले ल्याएको नागरिकता अध्यादेशबिरुद्ध परेका रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलाशमा शुक्रवारबाट शुरु भएको रिटमाथिको बहस टुंग्गिएको छैन र हेर्दाहेर्दैमा राखिएको हो । आउँदो बिहीबार जेठ २७ मा फेरि सुनुवाई गर्ने गरी मुद्दा हेर्दाहेर्दैमा राख्ने आदेश भएको हो । अध्यादेशबिरुद्ध परेका ६ वटा रिटमा शुक्रवार तीन जना निवेदकका तर्फबाट मात्र बहस भएको छ ।

यसअघि, नागरिकता सम्बन्धी अध्यादेशविरूद्ध परेका रिटको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले वरिष्ठ न्यायाधीशहरू रहेको संवैधानिक इजलाश गठन गरेका थिए । इजलाशमा प्रधानन्यायाधीश राणासहित दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

नागरिकता अध्यादेशविरुद्ध अधिवक्ता बोर्णबहादुर कार्की, रामबहादुर शाहीलगायत ६ जनाले रिट निवेदन दिएका हुन् । रिट निवेदकले अध्यादेश संविधानसँग बाझिएको भन्दै खारेज गर्न माग गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ९ जेठमा नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश, २०७८ जारी गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!