नेपालमा मन्त्रिमण्डल व्यापक हेरफेर : तीन उपप्रमसहित नयाँ मन्त्रीको शपथ

SHARE:

काठमाडौं जेठ २१ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त उपपप्रधानमन्त्री र मन्त्रीले शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लि‍एका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गत वैशाख ३१ मा गठित वर्तमान सरकारमा शुक्रबार जनता समाजवादी पार्टी नेपालका तर्फबाट समेत गरी उपप्रधानमन्त्री र अधिकांश नयाँलाई समावेश गरेर मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधिानबमोजिम नियुक्ति, हेरफेर र कार्यविभाजन भएको थियो ।
नवनियुक्त उपप्रधानमन्त्रीत्रयमा अर्थ मन्त्रालयसहित विष्णुप्रसाद पौडेल, परराष्ट्रसहित रघुवीर महासेठ र शहरी विकाससहित राजेन्द्र महतो छन् । जसपाबाट आठ र एमालेबाट चार मन्त्री कायम रहेका छन् भने जसपाबाट दुई राज्यमन्त्री नियुक्त भएका छन् ।

नवनियुक्त राज्यमन्त्रीले राष्ट्रपति भण्डारीका उपस्थितिमा प्रधानमन्त्री ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिए । नवनियुक्त मन्त्रीमा
शरत्सिंह भण्डारी–ऊर्जा, जलस्रोत तथा सिँचाइ
शेरबहादुर तामाङ– स्वास्थ्य तथा जनसङ्ख्या,
अनिलकुमार झा –खानेपानी
लक्ष्मणलाल कर्ण– भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण
विमल श्रीवास्तव–श्रम, रोजगार तथा सामाजिक सुरक्षा
उमाशंकर अरगरिया–संस्कृति, पर्यटन तथा नागरिक उडड्यन
चन्दा चौधरी– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
एकवाल मियाँ– युवा तथा खेलकूद मन्त्रालय
राज्यमन्त्रीमा चन्द्रकान्त चौधरी ऊर्जा
रेणुका गुरुङ महिला मन्त्रालय
हाल गृह, रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले नै लिएका छन् । एमालेबाट यसअघि मन्त्री भएकामध्ये अर्थमन्त्री पौडेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ कायम रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!