एनआरएनए यूकेले नेपाल पठायो १५० थान अक्सिजन कन्सन्ट्रेटर

SHARE:

लन्डन जेठ २२ । गैरआवासीय नेपाली संघ (एनआरएनए यूके)ले बेलायतको नेपाली समुदायबाट संकलित रकमबाट १५० थान अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाएको छ ।

एनआरएनए यूकेको संयोजन तथा नेपाली राजदूतावास लण्डन र एनआरएनए आइसीसीसंगको समन्वय एवं बेलायतका विभिन्न संघसंस्था तथा व्यक्तिहरुको सहयोगमा किनिएका १५० थान अक्सिजन कन्सन्ट्रेटर चीनको पोर्टमा कस्टम क्लियर भएर शनिबार नै नेपाल एयरलाइन्सको वाइड बडी जहाजमार्फत नेपाल पुग्ने एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले जानकारी दिइन् । बेलायतमा सञ्‍चालन भएको ‘अक्सिजन पठाउँ नेपालीको ज्यान बचाउँ’ अभियानमा सहयोग गर्ने सबै दाताप्रति एनआरएनए यूकेले आभार व्यक्त गरेको छ ।

अध्यक्ष गुरुङले अब एक दुई दिनभित्र अक्सिजन कन्सन्ट्रेटरहरु हस्तान्तरण भएर अस्पतालमा पुग्ने विश्वास व्यक्त गरिन् ।

‘नेपालमा सामान उत्रिएपछि भन्सार क्लियर हुनासाथ आईसीसी हेड अफिसमा मशिनको प्राविधिक जाँच हुनेछ भने स्टिकरहरु लगाएर स्वास्थ्य मन्त्रालयमा हस्तान्तरण गरिने छ’ गुरुङले भनिन्-‘यो अभियानमा सहयोग गर्ने सम्पूर्ण संघसंस्था तथा व्यक्तिमा एनआरएन यूके हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।’

एनआरएन यूकेले मे १५ तारिखदेखि ३१ मे सम्म सहयोग अभियान चलाएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!