बेलायतमा १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई फाइजरको खोप लगाइने

SHARE:

एजेन्सी जेठ २२ । बेलायतको औषधि नियामक निकायले फाइजरको खोप १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई लगाउन अनुमति दिएको छ ।

त्यहाँको औषधि तथा स्वास्थ्य सेवा नियामक एजेन्सी एमएचआरएले बालबालिकामा गरिएको क्लिनिकल ट्रायल सफल भएपछि यो खोपलाई प्रयोगको अनुमति दिएको जनाएको छ। यो खोपलाई यसअघि युरोपेली औषधि नियामक एजेन्सी ईएमए र अमेरिकी खाद्य तथा औषधि प्रशासन एफडीएले केही दिनअघि मात्रै बालबालिकामा प्रयोगको अनुमति दिएका थिए।

बेलायतको एमएचआरएकी कार्यकारी प्रमुख डा।जुन राइनले बालबालिकामा होसियारीपूर्वक गरिएको क्लिनिकल ट्रायल प्रभावकारी भएपछि फाइजर बायोएनटेकको खोप १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन अनुमति प्रदान गरिएको बताए। उनले यो खोप यो उमेर समूहका बालबालिकामा प्रभावकारी र सुरक्षित रहेको बताए । कार्यकारी प्रमुख राइनले बालबालिकालाई यो खोपपछि कोरोना संक्रमणको जोखिम अत्यन्त न्यून हुनेसमेत बताएका छन्।

बेलायतले हालसम्म ६ करोड २० लाख बढी नागरिकलाई कम्तीमा पहिलो डोज खोप दिइसकेको छ। बेलायतमा गत वर्षको डिसेम्बरदेखि नै अस्ट्राजेनिका र फाइजर बायोएनटेकको खोप लगाइराखिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!