उपप्रधानमन्त्री महतोको अभिव्यक्तिप्रति एमाले नेपाल पक्षीय संगठनहरूको आपत्ति

SHARE:

काठमाडौं जेठ २२ ।

नेकपा एमालेको माधवकुमार नेपाल पक्षका १८ वटा जनवर्गीय संगठनहरूले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

उनीहरूले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै महतोले तत्काल माफी माग्नुपर्ने बताएका छन् । उपप्रधानमन्त्री महतोले पदभार ग्रहण गर्ने क्रममा ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको विरुद्ध भएको विज्ञप्तिमा उल्लेख छ ।

महतोको अभिव्यक्ति संविधानको प्रस्तावना र संविधानको धारा–३ विपरीत रहेको भन्दै उनीहरूले संविधानको मर्मविपरीत कुनै पनि काम नगर्ने शपथ खाएर संविधानको कार्यान्वयन गर्ने निकायमा पुगेको जिम्मेवार व्यक्तिबाट त्यस प्रकारको अराजक अभिव्यक्ति आउनु बिडम्बनापूर्ण भएको जिकीर गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!