बेलायतमा २ महिना यताकै धेरै कोरोना संक्रमित भेटिए

SHARE:

लण्डन जेठ २२ । कोरोना संक्रमणको तेस्रो लहरको चर्चा भइरहेको संयुक्त अधिराज्य बेलायतमा संक्रमितको संख्या निरन्तर बढ्न थालेको छ ।

शुक्रबार बेलायतमा २ महिनायताकै धेरै संक्रमित फेला परेको हो । बेलायतको सरकारी वेबसाइटमा शुक्रबार राति अपडेट गरिएको विवरण अनुसार शुक्रबार त्यहाँ २ हजार २३८ संक्रमित थपिएका छन् । यसभन्दा अगाडि त्यहाँ मार्च १५ मा ६ हजार ५०० भन्दा धेरै संक्रमित भेटिएका थिए । त्यसयता निरन्तर संक्रमित हुनेको संख्या घटेको थियो ।

दैनिक संक्रमित हुनेको संख्या १५०० आसपास आइसकेको थियो । मे महिनाको तेस्रो सातादेखि फेरि संक्रमण हुनेको संख्या बढ्न थालेको हो । बेलायतमा शुक्रबारसम्म संक्रमित हुनेको संख्या ४५ लाख भन्दा धेरै पुगिसकेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २७ हजार भन्दा धेरै छ ।

शुक्रबार ११ जनाको मृत्यु भएको छ । २०२० को मार्च–मे महिनातिर बेलायतमा पहिलो लहरको संक्रमण पिक अवस्थामा थियो । २०२० को अन्त्यतिर दोस्रो लहर देखा प¥यो । अहिले तेस्रो लहरको चर्चा भइरहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!