नेपालमा थप ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टी, ६६३६ जना डिस्चार्ज

SHARE:

काठमाडौं जेठ २३ ।

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ४७९ जना संक्रमित थपिएका छन्।

पिसिआर परीक्षणमार्फत ३ हजार २४ र एन्टिजेन परीक्षणका क्रममा ४५५ जनामा संक्रमण देखिएको हो। यसै अवधिमा ६ हजार ६३६ जना कोरोनाबाट मुक्त भएका छन्। यस दिन ९९ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ।

हाल देशभर ८९ हजार २१७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कोरोनाबाट मुक्त हुनेको दर ८३.५ प्रतिशत रहेको छ। आइतबार काठमाडौं उपत्यकामा १ हजार १३१ जना संक्रमित थपिएका छन्।

जसअनुसार काठमाडौं जिल्लामा ७३१, भक्तपुरमा १४६ र ललितपुरमा २५४ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!