काठमाडौं जेठ २४ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लोपटक गरेको मन्त्रिपरिषद् पुनर्गठनविरूद्ध सर्वोच्चमा परेको रिट दर्ता भएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधानको धारा ७६ ३ अन्तर्गतको वर्तमान सरकार कामचलाउ भइसकेपनि नियमित जस्तै मन्त्रिपरिषद् विस्तारसहितका महत्वपूर्ण काम गर्न नपाउने भन्दै रिट दायर गरेका थिए ।
सर्बोच्चमा आइतबार पेश गरेको रिट आज दर्ता भएको हो । त्रिपाठीका अनुसार सर्वोच्चले रिटको पहिलो सुनुवाई मंगलबारका लागि तोकेको छ । “कामचलाउ सरकारले दैनिक प्रशासनिक र अत्यावश्यक बाहेकका काम गर्न पाउँदैन,” रिटमा भनिएको छ ।






