जनप्रगतिशील मंच युके र युरोपमा नयाँ नेतृत्व चयन

SHARE:

लण्डन जेठ २४ ।

जनप्रगतिशील मंच युके र युरोपको नयाँ नेतृत्व चयन भएको छ ।

जसअनुसार युकेको अध्यक्षमा सुरेश गौतम र सचिवमा शेरसिंह ठकुरी चयन भएका छन् भने युरोप संयोजकमा सुरेन्द्र भूसाल र सचिवमा रणबहादुर केसी चयन भएका छन् ।

माओवादी केन्द्रसित आवद्ध मंच नेकपा एमालेसित एकता भई प्रवासी नेपाली एकता मंचका रुपमा क्रियाशील रहँदै आएकोमा नेपालको सर्वोच्च अदालतले पार्टी एकीकरण बदर गरेपछि पुनर्जीवित भएको हो । गौतम र ठकुरी एकीकरण अघि पनि मंचको अध्यक्ष र सचिव थिए ।

यसअघि माओवादी केन्द्रले प्रवासमा पार्टी र मोर्चा अलगअलग बनाउन गरेको भए पनि अब भने पार्टी कमिटी नबनाउने भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!