बेलायतबाट कास्कीको धम्पुसवासीलाई अक्सिजन कन्सन्ट्रेटर, खाद्यान्‍न सहयोग गर्ने

SHARE:

वेल्स जेठ २५ । ब्रेकन धम्पुस टुइनिङ एसोसिएसन यूकेले नेपालको कास्की माछापुच्छ्रे गाउँपालिकाको धम्पुसवासीलाई अक्सिजन कन्सन्ट्रेटर, खाद्यान्‍न सहयोग गर्ने भएको छ ।

जुन ३ तारिख बिहीबार बसेको एसोसिएसनको बैठकले धम्पुसको लागि दुइवटा उपस्वास्थ चौकी रुमा एक/एक वटा अक्सिजन कन्सन्ट्रेटरहरु साथै कोरोना लागेको सम्पूर्ण परिवारहरुलाई दुई हप्ताका लागि नि:शुल्क खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको माछापुच्छ्रे गाउँपालिका कास्की र ब्रेकन वेल्सको सद्‌भावना दुत मेजर खुसीमान गुरुङ एमभीओले जानकारी दिए ।

मेजर गुरुङका अनुसार सहयोग अभियानमा धम्पुस परिवार यूके पनि सक्रिय सहभागी हुने छ । तमु प्ये ल्हु संघ यूकेका निवर्तमान अध्यक्ष रहेका मेजर गुरङले आफ्नो देशमा परेको यस्तो आपतकालीन अवस्थमा आआफ्नो क्षेत्रबाट सक्दो सहयोग दिनु नै आफूहरुको मानविय दायित्व भएको उल्लेख गर्दै सक्दो सहयोग गर्न यूकेवासी नेपालीहरुलाई हार्दिक आह्वान गरेका छन् ।

यस्तै धम्पुस परिवार यूकेको अध्यक्ष इन्द्र नारायण गुरुङले युकेमा भएको धम्पुसका दाजुभाइ र दिदीबहिनीहरुले निरन्तर आफ्नो गाउँको विकास र सबै अवस्थामा सहयोग गरिरहेको बताउँदै यस आपतकालीन अवस्थमा झन् बढी सक्रिय भइरहेको बताए ।

नेपालको धम्पुस र युके वेल्सको ब्रेकन सहरबीच सन् २०१९ मा भगेनी/मितेरी सम्बन्ध स्थापना भएको हो |

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!