सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई विश्वासको मत

SHARE:

काठमाडौं जेठ २५ । नेकपा (माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् ।

प्रदेश सभाको मंगलबारको बैठकमा उनका पक्षमा ३० मत खसेको थियो । बैठकमा सभामुख अर्जुन शाहले उक्त मत प्रदेशसभामा तत्काल उपस्थित सदस्यको बहुमत भएको घोषणा गरे । सभामा कुल ५२ सदस्य छन् । तीमध्ये पक्षमा ३० र विपक्षमा नौ मत खसेको थियो । उनले मतदान प्रक्रियामा सहभागी नहुने सदस्यको सङ्ख्या १२ रहेका बैठकमा जानकारी दिए ।

नेपाली कांग्रेस संसदीय दलले मुख्यमन्त्री भट्ट नेतृत्वकै सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!