कोरोनाको कहरमा सञ्जिवनी दिदीबहिनीद्वारा ३ लाख ४२ हजार रुपैयाँँको सहयोग

SHARE:

हुम तमु
पोखरा, २६ जेठ । कोरोनाको कहरको बेला सञ्जिनी दिदीबहिनी केन्द्र नेपाल विभिन्न संस्थाहरु र समस्यामा परेकाहरुका लागि सञ्जिवनी बनेको छ । संक्रमणको कठिन अवस्थामा सञ्जिवनी दिदीबहिनी केन्द्रले कोरोना नियन्त्रणमा सघाउन, संक्रमितका लागि सेवा पुर्‍याउन, कोरोना पीडितलाई सहयोग साथै उपचारका लागि ३ लाख ४२ हजार रुपैयाँ बराबरको सहयोग गरेको हो ।

नेपालमा कोरोनाको संक्रमण बृद्धि भइरहँदा परदेशमा रहनुभएका सञ्जिवनी दिदीबहिनी केन्द्रका संस्थापक, अक्षयकोषदाता, सहयोगी एवम् सामाजिक अभियन्ताहरु र केन्द्रका कार्यसमितिको अभियान मार्फत सहयोग गरिएको हो। अभियानमा सामजिक आभियन्ता सञ्जिवनी दिदीबहिनी केन्द्रकी संस्थापक सदस्य तथा हङकङ बिभागिय प्रमुख नानी कमला गुरुङ, सन्जिवनी दिदीबहिनी केन्द्रका अक्षयकोष दाता माइली तमुस्यो(पुष्पा),सामाजिक आभियन्ताहरु झुमा गुरुङ, ज्योती गुरुङ, सामाजिक आभियन्ता सस्थांपक सदस्य तथा बेल्जियम बिभागिय प्रमुख याम कुमारी (उमा)गुरुङ र केन्द्रका कार्यसमितिको विशेष पहलमा संकलित रकमबाट संघ सस्था तथा प्रभावितलाई सञ्जिवनी दिदीबहिनी केन्द्रले दुई चरण गरी सहयोग हस्तान्तरण गरेको हो ।

शिक्षाको अवसरबाट बञ्जित महिला, लैंगिक हिंसामा परेका महिला, दीर्घ स्वास्थ्य समस्या भएकाहरु, कठिन अवस्थामा रहेका समुदायलाई साथ सहयोग गर्दै आइरहेको सञ्जिवनी दिदीबहिनी केन्द्र नेपालले यस वर्षको कोरोना कहरको पहिलो चरणमा कोभिड पिडितहरुको उपचारार्थ ७० हजार रुपैयाँको १४० थान अक्सिजन सिलिण्डर भर्नका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाअञ्चल अस्पताल पोखरालाई हस्तान्तण गरेको हो भने बुटवल कालिकानगर निवासी एकै परिवारको तिनजना नरबहादुर गुरुङ, मनसुवा गुरुङ र छोरा प्रेम गुरुङ कोरोनाका कारण जीवन गुमाउनु परेको परिवारलाई २५ हजार रुपैयाँ सहयोग गरेको हो।

यसरी नै दोश्रो चरणमा बतास फाउण्डेसनको पहलमा पश्चिमाअञ्चल क्षेत्रीय अस्पताल पोखरामा अक्सिजन प्लान्टका साथै थप आइसियु कक्ष निर्माण अभियानका लागि १ लाख रुपैयाँ, मादी गाउँपालिका वडा ७ का वडा अध्यक्ष लालबहादुर गुरुङ मार्फत वडावासीलाई १० हजार बराबरको माक्स, सेनिटाइजर सहयोग, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पश्चिमाअञ्चल अस्पताल पोखरालाई ३९ हजार बराबरको बिरामी सिफ्ट गर्ने ट्रली, २ थान, २ वटा सानो अक्सिजन ट्रली सञ्जिवनी दिदीबहिनी केन्द्रले सहयोग गरेको छ। यसरी नै घाँस काट्ने क्रममा रुखबाट लडि टाउकोमा गम्भीर चोट लागेका बाग्लुङ निवासी १८ बर्षिय अभिषेक रोकाको उपचारको लागि १० हजार सहयोग गरेको छ। यस्तै गरी मादी गाउँ पालिका वडा नं.१ सिक्लेसमा कोरोना संक्रमण अत्याधिक फैलिएकाले ८८ हजार बराबरको अक्सिजन कन्सनट्रेटर सहयोग गरिएको सञ्जिवनी दिदीबहिनी केन्द्रकी अध्यक्ष बीना गुरुङले जानकारी दिइन् ।

गत वर्ष पनि कोरोनाका कहरमा सञ्जिवनी दिदीबहिनी केन्द्रले देश विदेशमा रहेका सहयोगी, शुभचिन्तकहरुको साथले कोरोना पीडित र प्रभावितलाई स्वास्थ्य सामग्री, उपचार खर्च, खाद्यान्न लगायतको लाखौं रुपैयाँ वितरण गरेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!