राजदूत रेग्मीले बुझाए बेलायती महारानीलाई ओहोदाको प्रमाणपत्र

SHARE:

लन्डन जेठ २६ । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायती महारानीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

बकिङघम प्यालेसमा बुधबार आयोजित एक समारोहमा राजदूत रेग्मीले भर्चुअलरुपमा प्रमाणपत्र पेस गरेको दूतावासले जनाएको छ । प्रमाणपत्र बुझाएपछि राजदूत रेग्मीले महारानीसमक्ष नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पनि बताएका थिए । सन्देशमा राष्ट्रपति र प्रधानमन्त्रीले महारानीको सुस्वास्थ्यका साथै बेलायतको प्रगति र बेलायती जनताको समृद्धिको कामना गरेका थिए ।

ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै महारानीले राजदूत रेग्मीलाई सफल कार्यकालका लागि शुभकामना दिएकी थिइन् । बेलायत र नेपालबीच विशेष सम्बन्ध रहेको उल्लेख गर्दै उनले नेपालको विकास प्रयासमा सहयोग गर्नु बेलायतको प्राथमिकता रहेको बताइन् । उनले आफ्नो दुई नेपाल भ्रमणको स्मरण गर्दै अहिले कोभिड १९ का कारण नेपालको अवस्था र खोप बारेमा चासो व्यक्त गरेकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!