नेपाली समाज विल्टसायर यूकेद्वारा कोरोना भाइरस प्रतिकार्यका लागि नेपालमा १० लाख सहयोग

SHARE:

लन्डन जेठ २७ । नेपाली समाज विल्टसायर यूकेले कोरोना भाइरस प्रतिकार्यका लागि नेपालमा १० लाख सहयोग गरेको छ ।

समाजले जुन ७ सोमबार रवि लामिछाने फाउन्डेशनको नाममा रहेको बैंकमा दाखिला गरिएको अध्यक्ष ज्ञानप्रसाद गुरुङले जानकारी दिए । त्यस्तै ‘अक्सिजन पठाऔं नेपालीको ज्यान जोगाऔं’ नारासहित एनआरएनए यूकेले सञ्‍चालन गरेको अभियानमा १ अक्सिजन कन्सन्ट्रेटरबराबरको रकम सहयोग गरेको पनि अध्यक्ष गुरुङले बताए ।

नेपालमा कोरोना भाइरस महामारीमा अक्सिजन अभाव र गरिब, मजदुरहरु समस्यामा परिरहेको बेला बेलायत लगायत विभिन्‍न देशका नेपाली संघ संस्थाहरुले सहयोग पठाउने लहरमा नेपाली समाज विल्टसायर यूकेले पनि सहयोग पठाएको हो ।

उक्त समाजले गत वर्ष NHS UK brighter future लागि  १० हजार पाउन्ड पनि सहयोग गरेको थियो । साथै स्थानीय अस्पतालहरुमा महामारीका समयमा नि:शुल्क खाना वितरण गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!