बेलायतका लागि नेपाली राजदुत रेग्मीद्वारा बेलायती महारानीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश

SHARE:

लण्डन जेठ २७ ।

बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीले बेलायती महारानीसमक्ष भर्चुअलरुपमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

बकिङघम प्यालेसमा बुधवार आयोजित एक समारोहमा राजदुत रेग्मीले सो प्रमाणपत्र पेश गरेको दुताबासले जनाएको छ । प्रमाणपत्र बुझाएपछि राजदुत रेग्मीले महारानीसमक्ष नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पनि बताएका थिए । सन्देशमा राष्ट्रपति र प्रधानमन्त्रीले महारानीको सुस्वास्थ्यका साथै बेलायतको प्रगति र बेलायती जनताको सम्वृद्धिको कामना गरेका थिए ।

ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै महारानीले राजदुत रेग्मीलाई सफल कार्यकालका लागि शुभकामना दिएकी थिइन् । बेलायत र नेपालबीच विशेष सम्बन्ध रहेको उल्लेख गर्दै उनले नेपालको विकास प्रयासमा सहयोग गर्नु बेलायतको प्राथमिकता रहेको बताइन् । उनले आफ्नो दुई नेपाल भ्रमणको स्मरण गर्दै अहिले कोभिड १९ का कारण नेपालको अवस्था र खोप बारेमा चासो व्यक्त गरेकी थिइन् ।

राजदुत रेग्मीले बेलायत र नेपालबीच दुई शताब्दी लामो सम्बन्धको चर्चा गर्दै बेलायतले नेपाललाई सामाजिक तथा आर्थिक विकासमा पुर्याएको सहयोग तथा हालै कोभिड १९ विरुद्धको नेपालको लडाइँमा पुर्याएको सहयोगका लागि धन्यवाद दिए । विशेष समारोहमा महारानी भिडियो लिङ्कबाट जोडिएकी थिइन् । हाल महारानी विन्जर क्यासलमा बसोबासरत छिन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!