बेलायतका नेपाली चिकित्सकको पहलमा ४० थान अक्सिजन सहयोग

SHARE:

लण्डन जेठ २७ ।

बेलायतको लण्डन स्थित वाटफोर्ड जनरल अस्पतालका चिकित्सकहरुले ४० थान अक्सिजन कन्सनट्रेटर लुम्बिनी प्रादेशिक अस्पतालका लागि पठाएका छन् ।

वाटफोर्ड जनरल अस्पतालमा कन्सलट्यान्ट फिजिसियनको रुपमा कार्यरत डा.मोहन थापाको संयोजनमा सोहि अस्पतालका वरिस्ठ चिकित्सक डा.रामा वन्चिस्वरन तथा भारतीय मूलका ब्रिटिश चिकित्सकहरुको संस्था बीएपीआइओको सहयोगमा ती कन्सनट्रेटरहरु लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र खनाललाई हस्तान्तरण गरिएको हो ।

बेलायतस्थित कल्याणकारी संस्था, हेल्थ एक्सचेन्ज यूकेका अध्यक्ष प्रा. सत्येन राज भण्डारी तथा नेप्लिज डक्टर्स एसोसियसन यूकेले पनि ती उपकरण नेपाल पठाउन सहयोगी भूमिका निर्वाह गरेका थिए। त्यस्तै स्थानीय स्तरमा डायबिटिज नेपाल नामक संस्थाले सघाएको थियो।

‘कोरोना महामारी शुरु भए यता हाम्रो अस्पतालले पाएको यो निकै ठूलो सहयोग प्राप्त भएको प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेट डा. राजेन्द्र खनालले बताए । उनले कोभिडसंग लडिरहेका बिरामीहरुका लागि अक्सिजन कन्सनट्रेटर निकै उपयोगी हुने बताउंदै सबै सहयोगीहरुलाई धन्यवाद दिएका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!