नेपालमा कोभिड संकट व्यवस्थापनका लागि तनहुँ समाज यूकेको ८ लाखभन्दा बढी सहयोग

SHARE:

लन्डन जेठ २८ । तनहुँ समाज यूकेले तनहुँ उद्योग वाणिज्य सङ्घले खडा गरेको कोभिड सङ्कट व्यवस्थापन महाअभियानका लागि ८ लाखभन्दा बढी सहयोग गरेको छ ।

तनहुँ घर भई यूकेमा रहेका तनहुँवासीको संस्थाले सङ्कट व्यवस्थापन महाअभियानका लागि ८ लाख ८ हजार ६४० सहयोग गरेको हो । कोभिड न्यूनीकरणका लागि सङ्घले खडा गरेको कोषमा हालसम्मकै सर्वाधिक रकम जुटेको हो । उक्त रकमको चेक व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेमार्फत सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठलाई बिहीबार हस्तान्तरण गरिएको छ । सहयोग रकम जुटाउन समाजका अध्यक्ष लेख गुरुङ, उपाध्यक्ष केशर राना, सल्लाहकार देवी आले, दमौली निवासी रन्जन मल्ल लगायतको महत्वपूर्ण भूमिका छ ।

जिल्लावासीलाई एकताको सूत्रमा समेटी जिल्लाको विकास, समृद्धि र सुख दुःखमा नजिक रहेर महत्वपूर्ण सहयोग गरेकामा सङ्घले समाजप्रति आभार व्यक्त गरेको छ । सङ्घले जिल्लाका स्थानीय तह, अस्पताल र सुरक्षाकर्मीलाई रु १० लाख बराबरको स्वास्थ्य सामग्री वितरण गरिसकेको छ । सङ्घले व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर अस्पताल, पुरनडिही अस्पताल, दमौली अस्पताल, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामग्री वितरण गरेको छ भने कालीभञ्जन गण (इ) र नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका लागि पनि स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!