धनुषामा पोखरीमा डुबेर एकै गाउँका पाँच बालिकाको मृत्यु

SHARE:

धनुषा जेठ २८ ।

धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको छ।

शुक्रबार दिउँसो धनुषाको मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको पोखरीमा डुबेरमा मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक एसपी प्रकाश रानाभाटले जानकारी दिए। घाँस काट्न गएका बालिकाहरु गर्मी भएपछि दिउँसो १२ः०० बजेको समयमा नजिकैको खेतमा माछा पालनका लागि बनाइएको पोखरीमा नुहाउन गएका थिए।

नुहाउन गएका बालिकाहरुको पानीमा डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ। स्थानीयले दुई जना बालिका हराएको भनेपछि उनीहरुको खोजी जारी रहेको एसपी रानाभाटले जानकारी दिए। स्थानीयवासी पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया छोरी ललिताको मृत्यु भएको प्रहरीले जनाएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!