जसपाको दुवै पक्षलाई कारबाही गर्न निर्वाचन आयोगद्वारा अस्वीकार

SHARE:

काठमाडौं जेठ ३० ।

निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाको दुवै पक्षको कारबाहीलाई अस्वीकार गरेको छ ।

दुवै पक्षले गरेको कारबाही कानुनसम्मत नदेखिएको ठहरसहित आयोगले पुरानै पदाधिकारी कायम रहने निर्णय गरेको हो । एक जना अध्यक्षको हस्ताक्षरबाट राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम विवरण अद्यावधिक गरिदिन भनी जनकारी गराएको विषयलाई कानुन र दलको विधानसम्मत मान्न नमिलेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

जसपाका महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षले एकले अर्को समूहलाई कारबाही गरेर विवरण अद्यावधिक गर्न निर्वाचन आयोगलाई निवेदन दिएका थिए । पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरी अद्यावधिकका लागि अनुरोध भइ आएकोमा माग बमोजिम अद्यावधिक गर्न नमिल्ने भएकोले दुवै पक्षको कारबाहीलाई खारेज गरिदिएको प्रवक्ता श्रेष्ठले बताए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!