संसद विघटनविरुद्धको मुद्दाको एमिकस क्युरीमा घिमिरे र केसी सिफारिस

SHARE:

काठमाडौं अषाढ १ ।

सर्वोच्च अदालतमा विचाराधिन प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्नेगरी वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाश केसीलाई एमिकस क्युरीमा सिफारिस गरिएको छ।

सर्वोच्च अदालत बार एसोसिएन कार्यसमिति बैठकले एमीकस क्युरीमा घिमिरे र केसीको नाम सिफारिस गरेको हो। जेठ ७ गते मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि त्यसका विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइमा सहयोग गर्नेगरी वरिष्ठ अधिवक्तद्वयलाई एमिकस क्युरी तोकिएका हो।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराईको इजलासले नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनबाट मुद्दामा सहयोग गर्नेगरी एमिकस क्युरी माग गरेका थिए। सोही अनुसार मंगलबार सर्वोच्च अदालत बार एसोसिएसन कार्यसमिति बैठकले घिमिरे र केसीको नाम सिफारिस गरेको हो।

गम्भीर प्रकृतिको मुद्दाको सुनुवाइका लागि एमिकस क्युरी गठन गर्ने चलन रहेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!