सिन्धुपाल्चोकमा बाढीले बगाउँदा ७ जना बेपत्ता, १ को मृत्यु, ६० जनाको उद्दार

SHARE:

सिन्धुपाल्चोक अषाढ २ ।

सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले बगाउँदा ७ जना बेपत्ता भएका छन्। १ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढीमा फेसका ६० जनाको उद्दार गरिएको छ। बाढीमा बेपत्ता भएका ७ जनाको पहिचान खुलेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिएका छन्।

प्रजिअ खनालका अनुसार बाढीमा बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, हेलम्बु–३ की ६६ वर्षीया टिकामाया खड्का, हेलम्बु–७ का ५५ वर्षीय ज्ञानेन्दै कक्षपति, हेलम्बु–६ का ५० वर्षीया च्याङा चामाङ तथा नाम र उमेर नखुलेकी उनकी श्रीमती र चौतारा साँगाचोकगढी नगरपालिका–६ घर भएका २३ वर्षीय सुरेन्द्र नेपाल छन्।

बेपत्ता भएकामध्ये १ जनाको पहिचान खुलेको छैन। मंगलबार साँझबाट आएको बाढीले मेलम्ची खानेपानीको आयोजना स्थलसँगै सिन्धुपाल्चोकका तिम्बु, चनौटे, तालामाराङ, मेलम्चीलगायत बजारमा भोतिक तथा मानवीय क्षति पुगेको छ। तालिमप्राप्त उद्धार टोलीसहित नेपाली सेनाको हेलिकोप्टर सिन्धुपाल्चोकको मेलम्चीमा पुगेको छ। मेलम्चीमा मंगलबार साँझदेखि बाढी गए पनि राति भएकाले गृह मन्त्रालयले हेलिकोप्टर पठाउन सकेको थिएन। बिहानै सेनाको तालिमप्राप्त टोलीसहित हेलिकोप्टर पुगेको हो।

सदरमुकाम चौतारा र काभ्रेको धुलिखेलबाट गरी २५० जनाको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी टोली मेलम्ची पुगेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!