पत्रकारहरुलाई कोरोना खोप उपलब्ध गराउन माग गर्दै सर्वोच्चमा रिट

SHARE:

काठमाडौं असार ३ ।

फ्रन्टलाइनमा कार्यरत सबै पत्रकारलाई कोभिड- १९ विरुद्धको खोप उपलब्ध गराउन मागसहित सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ धिमिरे र बिष्णु गिरी निश्चलले यसअघि खोप लगाउन छुटेका सबै पत्रकारहरुलाई प्राथमिकताका आधारमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग राख्दै रिट दायर गरेका हुन् ।

रिटको सुनुवाई आइतबारको लागि तोकिएको छ। यसअघि पहिलो र दोस्रो चरणको खोप अभियानमा केही पत्रकारहरुले कोरोनाको खोप लगाएको भएपनि अझै धेरै पत्रकारहरु कोरोनाविरुद्धको खोप लगाउनबाट बन्चित छन् ।

सरकारले अहिले जेष्ठ नागरिकलाई प्राथमिकतामा राखेर खोप लगाउँदै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!