पत्रकारलाई तत्काल कोरोना खोप व्यवस्था गर्न सर्वोच्चको अन्तरिम आदेश जारी

SHARE:

काठमाडौं असार ६ ।

अग्रपंक्तिमा काम गर्ने पत्रकारलाई तत्काल कोरोना खोप व्यवस्था गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

आइतबार न्यायाधीश कुमार चुडालको एकल इजलासले पत्रकारहरूको पेशागत प्रकृति र परिस्थिति जनसमुदाय वा समूहमा पुग्नु पर्ने वा जनसम्पर्कमा हुनु पर्ने भएकोले पत्रकारको कार्य प्रकृतिको विशेष परिस्थितिलाई समेत मध्यनजर गरी खोपको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको हो।

पत्रकारहरूलाई प्राथमिकता प्रदान गरी कोभिड विरुद्धको पहिलो खोप लगाएकालाई दोस्रो र पहिलो खोप पनि नलगाएकालाई कोभिड विरुद्धको खोप लगाउने आवश्यक व्यवस्था मिलाउन सर्वोच्चले आदेश जारी गरेको हो। पत्रकार एवं अधिवक्ता लिलानाथ घिमिरेले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने भए आधार कारणसहित १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत् लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आदेश समेत जारी गरेको छ।

धेरै पत्रकार कोरोना खोपबाट वञ्चित भएको भन्दै पत्रकार महासंघका विभिन्न समितिले खोपको व्यवस्था गर्न सरकारसँग माग गर्दै आएका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!