श्रीमतीको जन्मदिनमा श्रीमानले गरे २ लाखको अक्षय कोष स्थापना

SHARE:

काठमाडौं असार ६ ।

शिवजी श्रेष्ठले श्रीमती उर्मिला श्रेष्ठ पढेको महाराजगन्ज नर्सिङ्ग क्याम्पसमा २ लाख राशिको अक्षय कोष स्थापना गरिदिएका छन् ।

श्रेष्ठले श्रीमतीलाई थाहै नदिइ सुटुक्क दुई लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन् । वार्षिक रुपमा क्याम्पसमा अध्ययनरत विद्यार्थीमध्ये आर्थिक रुपमा कमजोर र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जनाइएको छ । जन्मदिनमा धुमधामसँग खर्च गरेर जन्मदिन मनाउनुभन्दा एउटा रचनात्मक कार्य गरे उनको नाम कालान्तरसम्म रहने र जेहेन्दार विद्यार्थीले आफ्नो अध्ययनका लागि सानो भए पनि भरथेग प्राप्त गर्ने सोचेर नै सो छात्रवृत्तिको स्थापना गरेको श्रेष्ठले बताएका छन् ।

गत वर्ष पनि श्रेष्ठले आफ्नी श्रीमतीको जन्मदिनमा जन्मथलो इलाममा कोरोनाको कारण लकडाउनमा परेर हातमुख जोर्न समस्यामा परेका ३० परिवारलाई एक सातासम्म पुग्ने गरी खाद्य सामग्री वितरण गरेर मनाएका थिए । श्रेष्ठले त्यस वर्ष आफ्नो आमा र सासुको जन्मदिनमा पनि ओखलढुंगा र इलाममा लकडाउनमा काम नपाएर अभावमा परेका गरिब र असहाय परिवारलाई विभिन्न खाद्य सामग्री वितरण गरेर मनाएका थिए ।

शिवजी श्रेष्ठले श्रीमतीको सम्मानमा आफ्नो क्याम्पसमा छात्रवृत्ति स्थापना गर्ने कार्य उदाहरणीय र प्रेरणादायी भएको क्याम्पसका प्रमुख सुलोचना श्रेष्ठले बताइन् । उर्मिला श्रेष्ठको जन्मदिन असार ६ जुन २० तारिखमा छात्रवृत्ति स्थापना गर्न गत बिहीबार महाराजगंज नर्सिङ्ग क्याम्पसमा आयोजित एक कार्यक्रममा शिवजी श्रेष्ठका बहिनी बिनिता र ज्वाइँ प्रभात एसीले २ लाख रुपैयाँको चेक सहायक क्याम्पस प्रमुख, विद्यार्थी कल्याण कोषका पदाधिकारीहरुको उपस्थितिमा क्याम्पस प्रमुख श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । सो रकमलाई भविष्यमा थप्दै लैजाने संस्थापक शिवजी श्रेष्ठले बताए ।

आफ्नो जन्मथलोको स्वास्थ्य र शिक्षा क्षेत्रका लागि लागि पर्ने श्रेष्ठको परिवारले आफ्ना बाजेबजैको नाममा स्थानीय जालपा मावि, गैरीगाउँमा अक्षय कोष, बाबु आमाको नाममा आफू पढेको स्कुल सजमाबिमा इलाइब्रेरी, त्यसैगरी आफ्नो स्वर्गीय दाइको नाममा ओखलढुंगा क्याम्पसमा गत सरस्वती पूजाको दिन छात्रवृति स्थापना गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!